logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक : अध्यक्ष गोल्यान

    बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक : अध्यक्ष गोल्यान

    1.1K
    Shares
    बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक : अध्यक्ष गोल्यान

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । बुधवार आर्थिक मिडिया सञ्चाल संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा ल्याउन राष्ट्र बैंकले बैंकको सिडि रेसियोमा छुट्टै स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताएका हुन् ।

    उनलेराष्ट्र बैंकले बैंकको सिडि रेसियामा उत्पादन क्षेत्रको लागि छुट्टै स्पेशल व्यवस्था गर्दा पैसा आउनसक्ने बताए । उनले उत्पादशील क्षेत्रको लागि बैंकिङ ब्याजदर सिङ्गल अंकमा ल्याउन आवश्यक रहेको बताए । उनले उत्पादनशिल क्षेत्रमा ब्याजदर कम गर्नको लागि २ प्रतिशत निक्षेपको ब्याजदर घट्न आवश्यक रहेको बताए । अध्यक्ष गोल्यानले सरकारले आयातमुखी भन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । उनले विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिमा उत्पादन र अनुत्पादित क्षेत्रको लागि फरक–फरक ब्याजदर कायम गर्ने नीति ल्याएपनि कार्यान्वयन नभएको भन्दै पुनःत्यस्तो नीति ल्याउन आवश्यक रहेको बताए । उनले उत्पादनशील क्षेत्रको लागि एकल अंक भन्दा ब्याज बढ्न नहुने बताए । उनले बैंकको कर्जा लिँदा ७ प्रतिशत ब्याजबाट १५ प्रतिशत पुग्दा व्यवसायीहरुले धान्नसक्ने अवस्था आएको बताए ।

    उनले भने,‘ उत्पादशील क्षेत्रको लागि बैंकिङ ब्याजदर सिङ्गल अंकमा ल्याउनु पर्छ । त्यसको लागि घटिमा २ प्रतिशत निक्षेपमा ब्याजदर घट्न पर्छ । अहिलेको मुलुकको वर्तमान आर्थिक स्थितिमा आयातमुखीबाट उत्पादनमुखीतिर जानुपर्छ । त्यसको लागि उत्पादन क्षेत्र र अनउत्पादन क्षेत्रको लागि फरक–फरक ब्याजदर कायम हुनुपर्छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएपनि कार्यान्वयन भएन । अब उत्पादन र अनुत्पादन क्षेत्र छुट्याएर फरक–फरक ब्याजदर कायम गर्ने नीति ल्याउनुपर्छ । उत्पादनशील क्षेत्रको लागि जहिले पनि एकल अंकमा ब्याज हुनुपर्छ । यो ब्याज बढ्नु हुँदैन । बैंकको कर्जा लिँदा ७ प्रतिशत ब्याजबाट १५ प्रतिशत पुग्दा व्यवसायीहरुले धान्नसक्ने अवस्था हुँदैन । पछिल्लो समय उद्योगी व्यवसायीहरुलाई समस्या पर्नुको मुख्य कारण बैंकहरुमा लगानीयोग्य रकम नभएर बैंकहरुले कर्जा प्रवाह गर्न नसकेपछि अहिलको अवस्था आएको हो । उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा आउनको लागि राष्ट्र बैंकले सिडि रेसियोमा उत्पादनशील क्षेत्रको लागि केही स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ । मुलुक आत्मनिर्भर हुनसक्ने क्षेत्रका वस्तुहरु आयातमा प्रतिवन्ध लगाउनुपर्छ । नेपालमा उत्पादन भएका १० वटामा आयात प्रतिवन्ध लगाउनु पर्छ ।’

    अध्यक्ष गोल्यानले पछिल्लो समय उद्योगी व्यवसायीहरुलाई समस्या पर्नुको मुख्य कारण बैंकहरुमा लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसक्ने भएको बताए । उनले सरकारले मुलुक आयातमुखी नभई आत्मनिर्भर हुनको लागि नेपालमा उत्पादन हुने १० वस्तुमा आयात प्रतिवन्ध गर्न आवश्यक रहेको बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend