काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । रास्वपाको केन्द्रीय समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको हो ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सँकेत गरेको छ ।
त्यस विषयमा निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको हो ।
बैठक आज दिउँसो ३ बजे बोलाईएको थियो । तर २ घण्टा ढिलागरि बैठक सुरु भएको हो ।