काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सञ्चारकर्मीहरुसँय बाेल्दै यस्ताे बताएका हुन् ।
अध्यक्ष प्रचण्डलाई सञ्चारकर्मीहरुले रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए । जवाफमा उनले भनेका छन्, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’
‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’, पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ ।