काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ।
देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ। विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।