मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !

आजवाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने !

काठमाडौं । नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहिवार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवतः आजवाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

नेपालले आगामी महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend