शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध

नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध

चितवन । बारीमा उत्पादन भएको तरकारीले मुल्य नपाएको भन्दै चितवनका कृषकले प्रदर्शन गरेका छन् । आज उनीहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाउँदै प्रदर्शन समेत गरेका छन् ।

भारतीय तरकारीले नेपाली बजार कब्जा गरेको र नेपाली तरकारीले मूल्य नपाएको भन्दै किसान आन्दोलित भएका हुन् । किसानले नारायणगढको पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे ।

लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने किसानको माग छ । तरकारी बोकेका गाडीसहित नारायणगढको पुलचोकमा कृषकले प्रदर्शन गर्दा केही समय पूर्व-पश्चिम राजमार्ग समेत प्रभावित भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend