काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले सीमान्तकृत तथा आदिवासी जनजातिको संरक्षण र सम्बर्धनबाट मात्र राज्यको हित हुने बताइन् । आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले हरेक क्षेत्रमा आदिवासी जनजातीको सहभागिता बढाउनका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।