logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • वनजङ्गल मासिँदा पानीका मुहान सुक्दै

    वनजङ्गल मासिँदा पानीका मुहान सुक्दै

    3K
    Shares
    वनजङ्गल मासिँदा पानीका मुहान सुक्दै

    दार्चुला । दार्चुलाको अधिकांस ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ ।

    स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । अहिले ग्रामीण क्षेत्रमा खानेपानीका मुहान खोज्नुपर्ने अवस्था छ । शैल्यशिखर नगरपालिका–६ का गोविन्दसिंह धामीले पानीका मुहान सुक्दै गएको बताए ।

    “केही वर्ष पहिले ठाउँ ठाउँमा पानीका मुहान भेटिन्थे, अहिले सब सुक्दै गएका छन”, उनले भने ।

    वनजङ्गल फँडानी र सडक विस्तारका कारण पानीका मुहान सुक्न थालेको मालिकार्जुन गाउँपालिका–३ का सोविर धामीको भनाइ छ । ग्रामीण क्षेत्रका पानीका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएका स्थानीय अकवर टमटा बताउँछन् । मुहान सुक्दै गएपछि यहाँका खोलानालामा समेत पानीको मात्रा घट्दै गएको छ । जिल्लामा लामो समयसम्म हिउँदे वर्षा नहँुदा अन्नबाली सुक्न थालेको छ ।

    समयमै हिउँदे वर्षा नहुँदा पनि खानेपानीका मुहानमा पानीको मात्रा कम हुँदै गएको छ । लेकम गाउँपालिका–४ का वडाध्यक्ष महेन्द्र जोशी अव्यवस्थित सडक निर्माणका कारण माथिल्लो भूभागमा भएका पानीका मुहान तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको बताए ।

    मुहान सुक्न थालेपछि पानी ल्याउन डेढघण्टा टाढा हिँड्नुपर्ने स्थिति रहेको शैल्यशिखर–५ का विशनसिंह डाँगाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend