
काठमाडौं । काँग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसदमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताए । शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक रुपमा हिजो देखिएका समस्याहरुलाई हल गर्दै जानुपर्नेमा कुरामा आफ्नो पार्टी लागि परेको बताए । नेता लेखकले द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रुपमा पनि चित्रण गरे ।
उनले भने, ‘महिला, आदिवासी जनजाति, दलित, पीछडिएका क्षेत्रको, मुस्लिम, मधेशकोलगायत विभिन्न वर्ग समूदायको मूल राजनीतिक प्रवाहकरण हुन नसकिरहेको जुन हिजोको पीडा थियो । त्यो पीडालाई आज प्रतिनिधित्व समूचित आधारमा व्यवस्थापन गर्ने काम गरिएको छ । हिजोको समस्याहरुलाई पनि आज हल गर्दै जानुपर्ने अवस्था छ ।’
काँग्रेस नेता लेखकले आफ्नो पार्टीले द्वारिकादेवी ठकुरानीको पदचापलाई पछ्याउँदै अघि बढिरहेको दावी समेत गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend