
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।
बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठको छ ।
चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।
नागरिकता विवादका कारण लामिछानेको सांसद पद गएपछि स्वतः विजयी हुने बाटो खोज्दै उनले आयोगमा निवेदन दिन लागेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend