logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

    1.6K
    Shares
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।

    पार्टीको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ ।

    लामिछानेले गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिएका छन् । सोही विषयको टुंगो आजको बैठकले लगाउनेछ ।

    मैले सिधा कुरा नगरेको धेरै भएछ भन्दै उनले फेसबुकमा लेखेका छन् ,’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend