बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

पार्टी बैठकअघि प्रधानमन्त्री र लामिछानेबीच बालुवाटारमा भेटवार्ता

पार्टी बैठकअघि प्रधानमन्त्री र लामिछानेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ।

लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेका थिए। प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्।

सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा बस्दैछ।

उक्त बैठकपछि आफूले विशेष पत्रकार सम्मेलन गर्ने लामिछानेले बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend