logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    साताको पहिलो कारोबार दिन नेप्सेमा १.५४ अंकको वृद्धि

    साताको पहिलो कारोबार दिन नेप्सेमा १.५४ अंकको वृद्धि

    1.2K
    Shares
    साताको पहिलो कारोबार दिन नेप्सेमा १.५४ अंकको वृद्धि

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको छ । आइतबार ०.०७ प्रतिशतले बजार बढेको हो । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

    आइतबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसूचकको मूल्य घट्यो । त्यसबाहेकका उपसूचकको मूल्य भने बढेको छ । आइतबार आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भयो ।

    यसको मूल्य १० प्रतिशत बढेर २१२१.७० रुपैयाँ पुगेको छ । पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी फण्डसहितको मूल्य धेरैले बढेको छ । इस्टर्न हाइड्रो, प्रभु बैंक डिभेन्चर, प्राइम लाइफ इन्स्योरेन्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend