बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नेपाली राहदानी लिएको हो, दुरुपयोग गरेको छैन : सभापति लामिछाने

नेपाली राहदानी लिएको हो, दुरुपयोग गरेको छैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको बताएका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले आफूले त्यसको दुरुपयोग नगरेको भन्दै आफूले कुनै गल्ती नगरेको दाबी गरे।

उनले अमेरिकाबाट नेपाल बस्नेगरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने चाहिने कागजातहरु बनाएको बताए ।

१२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए।

तर, स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend