
काठमाडौं । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा संवैधानिक संकट आउने खतरा देखिएको बताएका छन् ।उनले भने ‘नेपालको संविधानअनुसार संघीय परिषदको मिश्रित निर्वाचन प्रणालीले देशमा संवैधानिक संकटको अवस्था आउन सक्ने खतरा देखिन्छ ।’
आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद भट्टचनले भने ‘२०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल नेकपा एमालेलाई, २०७९ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई र गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई प्रत्यक्षबाट १८ जना निर्वाचित भए, समानुपातिकबाट ९ जना हुँदा २७ जना हुँदा ‘टाइब्रेक’ जस्तो भयो । ३३ प्रतिशत पुर्याउनुपर्ने हाम्रो बाध्यताले संवैधानिक संकट छिटो ढिलो आउनेछ यसमा ध्यानाकर्षण होस् ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend