logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रास्वपाका मन्त्रीले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

    रास्वपाका मन्त्रीले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

    1.3K
    Shares
    रास्वपाका मन्त्रीले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा बुझाएका हुन् ।

    आइतबार बसेको रास्वापाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट मन्त्रिहरुलाई फिर्ता गर्ने निर्णय गरेको थियो । रास्वपाले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ ।

    सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री समक्ष राजिनामा पेश गरेका हुन् ।

    नागरिकता सम्बन्धि मुद्दाको फैसलामा लामिछाने दोषी ठहर भएसँगै सर्वोच्चले सांसद पद र उपप्रधान तथा गृहमन्त्रीसहित पार्टी सभापति हुन नसक्ने फैसला सुनाएको थियो । अदालतको फैसलासँगै रवि लामिछालेने उपप्रधान तथा गृहमन्त्रीसहित पार्टी सभापतिबाट राजिनामा दिएका थिए । उनले प्रक्रिया पुरा गरेर पुन: नागरिकता लिएका थिए ।

    नयाँ नागरिकता पाएसँगै रवि पुन: गृहमन्त्री बन्न चाहेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविलाई गृह मन्त्रालय नदिएपछि रास्वपाले आफ्ना मन्त्री फिर्ता बोलाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसँगै ११ पुसमा उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी लिएका लामिछाने नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट १३ माघमा पदमुक्त भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend