
काठमाडौँ । काठमाडौँको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई पक्षबीच विवाद भएको छ । विवाद बढेर दुई पक्षबीच ढुंगा हानाहान समेत भएको प्रहरीले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घोषणा गरेसँगै कांग्रेसनिकट नेविसंघबीच विवाद बढेको हो ।नेविसङ्घभित्र संस्थापन इतर पक्षका विद्यार्थीबीच बैठक बसिरहेको बेलामा संस्थापन पक्षका विद्यार्थीले बैठक विथोल्न खोजेपछि दुई पक्षबीच विवाद बढेको हो ।
विवाद बढेर दुई पक्षबीच ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न एकाइबाट प्रहरी टोली परिचालन भएका थिए । पछिल्लो समय नेविसङ्घभित्र दुई समूहबीच विवाद बढ्दा जिल्ला र क्याम्पसमा समानान्तर समिति गठन हुन थालेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend