काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कुराकानी भएको छ।
मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि ती मन्त्रालय खाली छन्।