logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको विप्लवको आरोप

    विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको विप्लवको आरोप

    1.6K
    Shares
    विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको विप्लवको आरोप

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको आरोप लगाएका छन् ।

    बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको बताए । नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको उनको भनाइ थियो ।

    महासचिव चन्दले नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताए। उनले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरु आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताए ।

    उनले थोरै मानिसहरुले अर्थतन्त्र अधिनमा राखेर अधिकांश युवालाई विदेशतिर धकेल्ने गर्दा विप्रेषण बढेको बताए । महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवाद भित्र लैजानका लागि रुपान्तरण गर्न आवश्यक रहेको जानकारी दिए ।

    महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिनेगरी अघि बढ्ने बताउँदै उनले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गरे ।

    उनले विचार मिल्ने र मुद्दा मिलने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य हुने पनि स्पष्ट पारे । महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल काँग्रेसले कुुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend