बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सरकारलाई दिएको समर्थन जारी छ, अहिले सरकारमा जाँदैनौ : झलनाथ खनाल

सरकारलाई दिएको समर्थन जारी छ, अहिले सरकारमा जाँदैनौ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन् । बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार पुगेका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताए ।

उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने बताए । सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाई थियो । उनले भने– ‘समर्थन चाहीँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल । अथवा नराम्रो काम नगरुन्जेल । नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend