काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज यहाँ आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै उनले रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।
उच्च शिक्षा अध्ययनका क्रममा बर्सेनि हजारौँ विद्यार्थी विदेशिने गरेको चर्चा गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षा प्रदान गरी युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नेतर्फ राज्य र शिक्षण संस्थाहरूको पनि ध्यान जान आवश्यक छ ।’
उनले हाम्रा विद्यार्थी विदेश जानबाट रोक्नका लागि स्वदेशमै सूचना प्रविधिमा आधारित भई प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षा उपलब्ध गराउन सक्नुपर्ने बताए ।