मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउ घट्यो, तोलाको कति ?

सुनको भाउ घट्यो, तोलाको कति ?

काठमाडौँ । साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend