बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीतिः डा.भट्टराई

समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीतिः डा.भट्टराई

sf7df8f}F, @^ df3M lj1fg k|bz{gL sfo{qmd k"j{k|wfgdGqL 8f afa'/fd e§/fO{ laxLaf/ a;'Gwf/fl:yt ;fpy j]:6g sn]hn] cfof]hgf u/]sf] lj1fg k|bz{gL sfo{qmddf dGtJo /fVg'x'Fb} . tl:a/ M xl//fd e]6'jfn÷ /f;;

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताएका छन् ।

शुक्रवारबाट काठमाडौंमा शुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अबको वैकल्पिक राजनीतिक कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई मजबुत बनाउने रहेको बताए । उनले अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामुलक लोकतन्त्र रहेको उल्लेख गरे । उनले अबको वैकल्पिक राजनीतिको एजेण्डा राज्यका प्रणालीहरुलाई बलियो बनाएर सुशासन कायम गर्नु रहेको बताए । उनले तेस्रो चरणको वैकल्पिक राजनीतिको एजेण्डा लोकतन्त्रलाई जोगाएर, लोकतन्त्रका अपूर्णतालाई पूर्ण बनाइ त्यसको जगमा देशलाई छोटो समयमा नै समृद्धिको मध्यमस्तरसम्म लैजनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘अबको वैकल्पिक राजनीति भनेका सबैलाई फ्याँक्ने राजनीति होइन, संस्थालाई मजबुत बनाउने, सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्ने, त्यो भनेको समावेशी र सहभागितामुलक लोकतन्त्र हो । त्यसलाई सही ढंगले प्रयोग गर्ने राज्यका जुन प्रणालीहरु छन्, यसलाई बलियो बनाएर यसको जगमा सुशासन ल्याउने हो । तेस्रो चरणको वैकल्पिक राजनीतिको एजेण्डा भनेको लोकतन्त्रलाई जोगाएर, लोकतन्त्रका अपूर्णतालाई पूर्ण बनाएर यसको जगमा अब हामीले देशलाई छोटो समयमा नै समृद्धिको मध्यमस्तरसम्म लैजानुपर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले अब देशलाई सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउन ढिलो भइसकेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend