काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताए । उनले शुक्रवार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताएका हुन् ।
उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । उनले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उल्लेख गरे ।
उनले भने – ‘राजनीतिक व्यक्तित्व बाटै राष्ट्रपति बनाउनुपर्छ । राष्ट्रिय सहमतिको आवश्यकता छ । राष्ट्रिय सहमति एक ढंगले प्रधानमन्त्रीको विश्वासको मतसम्म आइपुग्दा देखिएको कुरापनि हो । राष्ट्रपतिमा जाँदाखेरी ति प्रयासहरु हुन सक्छन् । हुँदा राम्रो हुन्छ हामी सबैलाई भन्ने मात्र हो । मुख्यगरी त सरकारसंवद्ध गठबन्धनले गरेको प्रयासमा राष्ट्रिय सहमति हुन आवश्यक छ ।’