काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले गरेका व्यवस्था सकारात्मक रहेपनि अपुग भएको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतिले निजी क्षेत्रलाई परेको समस्या समाधानको लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गरेका थोरै विषय सकारात्मक भएपनि अपुग भएको व्यवसायीहरुले गुनासो गरेका हुन ।
शुक्रवार काठमाडौंमा भएको नाडा अटो मोबाइल्स एशोसिएशन नेपालको ४६ औँ वार्षिक साधरणसभामा बोल्दै राष्ट्र बैंक उद्योगी व्यवसायीका पक्षमा सकारात्मक देखिएपनि पर्याप्त नभएको बताए । उनीहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले साना तथा घरेलु र मझौला उद्योगलाई २ करोड रुपैयाँसम्मको कर्जालाई पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न पाउने व्यवस्था सरकात्मक भएको बताए ।
वि.सं.२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा–व्याज दायित्व भाका नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्थाले उद्यमी व्यवसायीलाई केही राहत पुग्ने देखिएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले मौद्रिक नीतिको समीक्षाले व्यवस्था गरेका केही विषय सकारात्मक रहेको बताए । उनले दुई करोडको सीमालाई १० करोडसम्म कायम गर्ने राष्ट्र बैंकले जोखिम लिएको भए अर्थतन्त्र थप चलायमान हुने आशय व्यक्त गरे । उनले मौद्रिक नीतिमा २ करोड भन्दा कम ऋण लिने व्यवसायीहरुको उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी वि.सं.२०८० असार मसान्तभित्र पुनःसंरचना तथा पुनर्तालिकीकरणमा सहुलियत दिने विषय राम्रो आएको बताए । उनले पछिल्लो समय नेपालमा सहकारीहरुका समस्या आएर ३० हजार सहकारीहरु चल्न नसकेर बन्द भएको अवस्था रहेको भन्दै मौद्रिक नीतिमा सहकारीलाई समावेस गर्न नसकेको बताए । उनले सहकारीको लागि केही नीतिमा व्यवस्था राष्ट्र बैंकले गर्न सकेको भए अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्ने बताए । उनले मौद्रिक नीतिमा शेयर लगानीकर्ताको माग सम्बोधन नगर्दा लगानीकर्ता थप निराशा भएको बताए । उनले सरकारले अर्थतन्त्रमा जोखिम मोलेर निर्णय नगर्दासम्म अर्थतन्त्र चल्न नसक्ने दाबी गरे ।
उनले भने,‘नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको मौद्रिक नीतिको समीक्षाले व्यवस्था गरेका केही विषय सकारात्मक रहेका छन् । मौद्रिक नीतिमा २ करोड भन्दा कम ऋण लिने व्यवसायीहरुको उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनःसंरचना तथा पुनर्तालिकीकरणमा सहुलियत दिएको छ । त्यो एक दमै राम्रो हो । राष्ट्र बैंकले थोरै जोखिम उठाएर १० करोड पु¥याएको भए अर्थतन्त्र चलायमान हुने थियो की ? पछिल्लो समय नेपालमा सहकारीहरुका समस्या आएको छ । ३० हजार सहकारीहरु चल्न नसकेर बन्द भएको अवस्था छ । मौद्रिक नीतिमा सहकारीलाई समावेश गरेर कसरी चलाउने भनेर बोलि दिएको भए अझ राम्रो हुने थियो । उद्योगी व्यवसायीहरुको मनोवल सकारात्मक हुने थियो । त्यस्तै पुँजीबजारमा अहिले पनि निराशा छाएको छ । ४० लाख डिम्याट खातावालाहरु हेरक आर्थिक हैसियतका छन् । शेयर लगानीकर्ताका सुझावमा केही राहत दिएरको भए मुलुकको अर्थतन्त्र सकारात्मक दृष्टिकोणमा जाने थियो । सरकारले आर्थिक नीतिहरुमा सुरक्षा अपनाएकाले केही आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् । तर सरकारले जबसम्म जोखिम उठाउँदैनौं तबसम्म अर्थतन्त्र चल्न सक्दैन ।’