logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रतिनिधिसभाको बैठक ३ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक ३ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    1.6K
    Shares
    प्रतिनिधिसभाको बैठक ३ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ ।

    गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजवाट प्रारम्भ हुन लागेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९-८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend