बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

चालु आवको आर्थिक वृद्धि र मुद्रस्फीतिको लक्ष्यअनुसार हुँदैन : अर्थमन्त्री

चालु आवको आर्थिक वृद्धि र मुद्रस्फीतिको लक्ष्यअनुसार हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवको आर्थिक वृद्धि र मुद्रस्फीतिको लक्ष्यअनुसार नहुने बताएका छन्। चालु आवको बजेटको मध्यावधि समीक्षा गर्दै पौडेलले यस्तो बताएका हुन् ।

‘चालु आवमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने देखिँदैन,’ उनले भने, ‘कृषि र पर्यटन पक्षमा सुधार भएपनि उत्पादन मुलक उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा सुस्तता छाएको छ ।’ यस्तै वर्षको मुद्रास्फीति ७ प्रतिशत सीमामा राख्ने लक्ष्य भएकामा अहिले नै ७.२६ प्रतिशत पुगिसकेको छ ।

यसअवधिमा कर्जा २.८ प्रतिशत र निक्षेप ४.२ प्रतिशतले बढेको छ । पौडेलले बैंकिङ प्रणालीमा तरलता सुधारोन्मुख अवस्थामा रहेको बताउँदै विगतमा तरलता नहुँदा अल्पकालीन ब्याजदर बढेको जानकारी दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend