logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनयुद्ध दिवसको अवसरमा भोली सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

    जनयुद्ध दिवसको अवसरमा भोली सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

    1.3K
    Shares
    जनयुद्ध दिवसको अवसरमा भोली सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

    परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend