काठमाडौं । सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएकोप्रति नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रश्न गरेका छन् ।
नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिने ? भन्दै प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’
सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।