logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • गणतन्त्रवादीहरु एकजुट हुनुपर्छ : पूर्वमन्त्री अथक

    गणतन्त्रवादीहरु एकजुट हुनुपर्छ : पूर्वमन्त्री अथक

    1.7K
    Shares
    गणतन्त्रवादीहरु एकजुट हुनुपर्छ : पूर्वमन्त्री अथक

    नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराज (अथक) ले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन । प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उनले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले परिवर्तनका पक्षधरहरु एक हुनुपर्ने धारणा राखेका हुन ।

    न्याय र समानताको पक्षमा पत्रकार जगत क्रियाशील हुनुपर्नेमा जोड दिदैं पूर्व मन्त्री अथकले देश र जनताको पक्षमा सधैं उभिरहने प्रतिबद्धता समेत जनाएका थिए ।

    यस्तै, प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको प्रमुख दायित्व रहेको बताए ।

    गाउँ गाउँमा पत्रकार उत्पादन गरेर ग्रामीण क्षेत्रका जनताको आवाजलाई सरकारसम्म पुर्‍याउने अभिभारा पूरा गर्नेतर्फ प्रेस सेन्टर नेपाल अग्रसर रहेको अध्यक्ष सापकोटाले बताए ।

    आईतबार सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट राजेश आचार्यको नेतृत्वमा जिल्ला समितिको नयाँ कार्यसमिति समेत चयन गरीएको थियो । सो अवसरमा प्रेस सेन्टर, बाँकेले स्थापना गरेको क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट डक्ट धिताल र बिरमि चन्द्र ग्रामीण पत्रकारिता पुरस्कारबाट आलम खान र कल्पना शाही सम्मानित भएका थिए ।

    यस्तै, पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई पत्रकारिता क्षेत्रमा रहेर योगदान दिएकाले सम्मान गरिएको थियो ।

    सो कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, नेपालगन्ज उपमहानगरका उपप्रमुख प्रशान्त विष्ट, माओवादी केन्द्रका केन्द्रीय सदस्यत्रय आईपी खरेल, पार्वती पुन र नरेन्द्र न्यौपाने, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend