काठमाडौँ । रवि लामिछाने चिन्दिनँ भनेको विषयमा गायिका एलिना चौहानले स्पष्टीकरण दिएकी छन् । उनले सामाजिक संजालमा पोष्ट गर्दै स्पष्टीकरण दिएकी हुन् ।
आइतबार प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा बोलेकाे कुराले उनलाई यतिबेला सामाजिक सञ्जालमा गालीकाे वर्षा भएकाे छ । गायिका चौहानले अन्तर्वार्तामा रवि लामिछानेलाइ कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् । त्यसपछि उनि विवादमा आएकी हुन् ।
गायिका चौहानले रवि लामिछाने चिन्दिन भनेको भन्दापनि पर्सनर्ली चिनजान नभएको बताएको स्पष्ट पारेकी छन् ।
‘मैले रवि लामिछाने चिन्दिनँ भनेको भन्दा पनि पर्सनर्ली अहिलेसम्म देखभेट नभएको र अन्तरवार्ता, कार्यक्रम नभएको हुनाले पर्सनर्ली चिन्दिनँ भनेकी थिएँ’ उनले अगाडि भनेकी छन्, ‘रवि दाइ समाजसेवी र युवा नेता हो । त्यसमा कुनै शङ्का छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला ।’
टिकटकतिर सानो क्लिप काट्दै अर्थको अनर्थ लगाएर गलत व्याख्या गर्ने काम भएको उनको बताइन् । उनले भनिन्, ‘भावनामा बगेर भन्दा पुरै अन्तरवार्ता हेरेर मात्र आफ्नो धारणा बनाउनु होला ।’ उनले पुरै अन्तर्वार्तामा आफूले गाली गर्नुपर्ने त्यस्तो कुनै काम समेत नगरेको बताइन् ।
‘म हजुरकै छोरी, चेली र बहिनी हो । त्यसैले त्यति तल झरेर गाली नगरिदिनु होला । मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन,’ उनले भनेकी छन् ।