काठमाडौँ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार १ गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने नाराको साथ आजबाट सुरु भएको महाधिवेशन ४ गतेसम्म चल्नेछ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै तीन वटा आयोगहरू (लेखा, अनुशासन र निर्वाचन) समेत चयन गर्नेछ । देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच प्रतिस्पर्धा हुनेछ ।