logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • स्रोत नखुलेको सम्पतिलाई बैद्यता नदेउ: कमल थापा

    स्रोत नखुलेको सम्पतिलाई बैद्यता नदेउ: कमल थापा

    1.9K
    Shares
    स्रोत नखुलेको सम्पतिलाई बैद्यता नदेउ: कमल थापा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति बैद्य बनाउन सरकारले ऐन संसोधन गर्न लागेको प्रति आपत्ति जनाएका छन् ।

    सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संसोधन गरेर स्रोत नखुलेको सम्पति बैद्य बनाउनु भनेको भ्रष्टचार र ब्रम्हलुटलाई बैद्यता दिन खोजिएको बताएका हुन् ।

    ‘देश अहिले भ्रष्टाचारको महारोगबाट अक्रान्त छ, यसैबिच स्रोत नखुलेको सम्पति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो,’ उनले भनेको छन्, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend