logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमा भूमिका खेले : चित्रबहादुर केसी

    राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमा भूमिका खेले : चित्रबहादुर केसी

    1.2K
    Shares
    राष्ट्रपतिको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमा भूमिका खेले : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले भुमिका खेलेपनि यसपटक भने प्रत्यक्ष रुपमा नै भुमिका खेलेको आरोप लगाएका छन् ।

    बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रतिका लागि भुमिका खेलिरहेको बताए ।

    उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए । सांसद केसीले नेपाली सरकार प्रमुखहरु विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेको दाबी गरे।

    उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए ।

    उनले भुगोलको हिसावले राष्ट्र सानो, ठूलो भएपनि सार्बभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो नहुने बताए । सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend