काठमाडौँ । आइएमई पेर क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफर अन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिनेछ ।
यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागु हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका शर्त अनुसार प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सकिनेछ । त्यस पश्चात प्रयोगकर्ताहरुले पुनः अर्को बुधवार मात्र सो अफरको फाईदा उठाउन सकिनेछ । साथै, आगामी दिनहरुका लागि लाईभ भएको टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउनेछन् । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागु भएको छ ।
मंगलबार राजधानी काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दैआइएमई पे का प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे । त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफर मार्फत मुभी प्रेमीहरुलाई सहज हुने र अझ बढि ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरिन् ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।