logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पोखरास्थित प्रदेश संग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री अधिकारी

    पोखरास्थित प्रदेश संग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री अधिकारी

    1.4K
    Shares
    पोखरास्थित प्रदेश संग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री अधिकारी

    पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन्।

    सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने बताए ।

    ‘यो हाम्रो विश्वविद्यालय जस्तै हो, यहाँ रहेका सांस्कृतिक चिनारी, ऐतिहासिक अभिलेख, जातजातिका वेशभूषा र सामग्रीको उचित संरक्षण हुनुपर्छ’, मुख्यमन्त्री अधिकारीले भने । अवलोकनकर्तालाई प्रदेश सङ्ग्रहालयमा आकर्षित गर्न उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने उनले बताए ।

    मुख्यमन्त्री अधिकारीले सङ्ग्रहालयका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेको उल्लेख गरे । एक करोड ८९ लाख ८६ हजारको लागतमा प्रशासनिक भवन निर्माण गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend