बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसो ओली निवास बालकोट पुगेका हुन् । दुई नेताबीच फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भइरहेको बुझिएको छ ।

राष्ट्रपतिको उम्मेदवारलाई लिएर ओली र प्रचण्डबीच पटक पटक भेटवार्ता हुँदै आएको छ । बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा राष्ट्रपतिको विषयमा छलफल भएको थियो । तर, दुई नेताहरुबीच कसलाई राष्ट्रपति बनाउने भन्ने सम्बन्धमा सहमति हुन सकेको छैन । प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् भने ओलीले एमालेकै राष्ट्रपति हुनुपर्ने अडान राख्दै आएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend