सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने कांग्रेस नेता रमेश लेखकको दाबी

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने कांग्रेस नेता रमेश लेखकको दाबी

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् ।
शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अबको हप्ता १० दिन भित्रमा नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए । उनले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको आरोप लगाएका छन् ।

एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको बताउँदै प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए ।

उनले नेकपा एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने बताए ।

उनले भने, ‘एमालेले अत्यन्त ज्यादा अधैर्य र अस्थिर राजनीति देखिएको छ । उहाँहरु ज्यादै विचलित हुनुभएको छ । त्यसको कारण के हो मलाई थाहा छैन । उहाँहरुको विचलनले नै के देखाइरहेको छ भने अहिलेको सत्ता गठबन्धन स्थिर छैन भन्नेकुरा देखाइरहेको छ । राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौँ । काँग्रेस सबैभन्दा ठूलो राजनीतिक दल हो । संसदमा हामी सबैभन्दा धेरै संख्यामा छौँ, सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौँ । सबै राजनीतिक दलहरु भन्दा बढी हाम्रो मतभार छ । आजका दिनमा मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ । किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनिसक्यो नि । जुनसुकै बेला संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन । यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता १० दिनमा । नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ ।’ प्रमुख सचेतक लेखकले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend