
काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ।
गएराति पौने १२ बजे धोबिनी गाउँपालिका–४ पुलचोकमा प्रदेश नम्बर २–०३–००६ प ५६५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सखुवा प्रसौनी गाउँपालिका–६का १४ वर्षीय चालक दिपेशकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए।
लंगडीबाट हरिपुर जाँदै गरेको मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको हो।
त्यस्तै मोटरसाइकलमै सवार धोबिनी गाउँपालिका–४ बस्ने १० वर्षीय दिपु यादव सामान्य घाइते छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend