logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

    नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

    1.2K
    Shares
    नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भइरहेको खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । जान ग्रीनले अविजित ७५ रन बनाएपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको हो ।

    १३८ रनमा पाँच विकेट गुमाएको नामिबियाका लागि जान ग्रीन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

    नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो खेलमा ५ विकेट लिएका करणले आज १ विकेट मात्र लिए । त्यसका लागि उनले ९ ओभरमा ७० रन खर्चिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend