logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • म्यान्माका करिब १ लाख ८० हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै

    म्यान्माका करिब १ लाख ८० हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै

    1.3K
    Shares
    म्यान्माका करिब १ लाख ८० हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै

    एजेन्सी । म्यान्मामा विश्वविद्यालय प्रवेश परीक्षा आगमी मार्च ८ देखि १८ सम्म देशभर हुने भएको छ । विद्यालय शिक्षा प्रणालीअन्तर्गतको अन्तिम परीक्षामा एक लाख ७९ हजार छ सय ४९ परीक्षार्थीले आवेदन भरेका म्यान्माको राज्य प्रशासन परिषद्ले जनाएको छ ।

    शिक्षा मन्त्रालयलाई उद्धृत गर्र्दै परिषद्ले जनाएअनुसार उक्त परीक्षा आधारभूत शिक्षा प्रणालीअनुसार अन्तिमपटक हुन लागेको हो । कक्षा दश उत्तीर्ण भएकाहरूलाई उच्च शिक्षा हासिल गर्न सोझै विश्वविद्यालयमा प्रवेश दिइन्थ्यो । अब नयाँ प्रणालीअनुसार परीक्षा हुनेछ भने विश्वविद्यालय प्रवेश गर्न कक्षा १२ उत्तीर्ण हुनुपर्छ ।

    गत शैक्षिक वर्षमा दुई लाख ८१ हजार सात सय ५१ जना परीक्षार्थी उक्त परीक्षमा सहभागी भएकामा ४६.८८ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । उक्त परीक्षामा उच्च अङ्क प्राप्त गरेका विद्यार्थीमात्र देशका प्रख्यात विश्वविद्यालयमा भर्ना हुन पाउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend