बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

विभिन्न कार्यक्रम गरेर आज प्रजातन्त्र दिवस मनाइँदै

विभिन्न कार्यक्रम गरेर आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । जहाँनीया राणा शाषनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाईदैछ ।

सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अक्ष्यक्षमा मुल समारोह आयोजना गरेर मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय गरेको थियो ।

काठमाडौंको टुडिखेलमा बिशेष समारोह आयोजना गरिएको छ भने विदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराउने चलन रहेको छ ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवप्रसाद घिमिरेलगायत संवैधानिक निकायका प्रमुखले शुभकामना दिएका छन्।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend