logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्छु : दुर्लभ थापा

    नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्छु : दुर्लभ थापा

    1.6K
    Shares
    नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्छु : दुर्लभ थापा

    भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् ।

    सभालाई सम्बोधन गर्दै उनले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको छ । अव यसलाई आफ्नो कानुन निर्माण गराउँदै एक स्वायत्त संस्था बनाउँदै समाज सेवामा अग्रणी बनाउनु पर्नेमा उनले जोड दिए । पछिल्लो समय रेडक्रस केवल राजनीति गर्ने थलो मात्र भएको बताउँदै उनले यो राजनीति गर्ने थलो हैन यो मानव सेवा गर्ने थलो हो । रेडक्रसलाई मानव सेवाको थलो मात्र बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिए ।

    हाल सबै सङ्घ संस्था राजनीतिको जालोले बिग्रेको छ यो जालोलाई चिर्दै सङ्घ संस्थाहरू राजनीति मुक्त बनाउनु पर्ने उनको भनाई थियो । कार्यक्रममा बागमती प्रदेशका जनतालाई रगत निःशुल्क उपलब्ध गराउन पहल गर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताए । उनले भक्तपुरको चाँगुनारायणले थालनी गरेको निःशुल्क रगत हाल भक्तपुर जिल्ला भर भएको स्मरण गर्दै अव बागमतीका १३ जिल्लामा नै यो सेवा विस्तारको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रेडक्रस र स्थानीय निकाय सँग सँगै रहनुपर्ने भन्दै नगर वासीको सेवाका लागि निःशुल्क रगत उवलव्धतामा आफूहरूले पहल कदमी चालेको बताए । यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोज कुमार थापाले रगतबाट भक्तपुरको चिनारी भएको बताए । जिल्लाबाट सञ्चालन भएको रक्त सञ्चार केन्द्रबाट दिइएको सेवाका कारण देश भर रगत नपाए भक्तपुर जानु भन्ने नाराबाट परिचित भएको बताए ।

    हिजो न्याय नपाए गोर्खा जानु शिक्षा नपाए काँसी जानु भने जस्तै देश भर रगत नपाए भक्तपुर जानु भन्ने उक्ति सार्थक भएको छ । यो उक्ति सार्थक बनाउन सहयोग गर्ने सङ्घ संस्था राजनीतिक दल एवं समस्त सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल , काठमाडौँ शाखाका सभापति श्याम काजी डोटेल , सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेल , भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मा, पूर्व सभापति केपी अवाल, जिल्ला उपसभापति कृष्णेश्वरी हाडा लगायतका वक्ताले भक्तपुर रेडक्रसको कार्यका विषयमा प्रशंसा गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend