बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

प्रजातन्त्र दिवसमा उदयपुरका ४ कैदी रिहा

प्रजातन्त्र दिवसमा उदयपुरका ४ कैदी रिहा

उदयपुर । ७३ औँ प्रजातन्त्र दिवसमा आइतबार उदयपुरका चार कैदी रिहा भएका छन्।

नेपाल सरकारको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफिमिनाह दिने व्यवस्था अनुरूप उदयपुरमा बहुविवाहका तीन जना र सवारी ज्यानका एक गरी चार कैदी रिहा भएका हुन्।

यसरी रिहा हुनेहरूमा सवारी ज्यान मुद्दाका त्रियुगा नगरपालिका ८ का २९ वर्षीय विशाल खड्का र बाँकी तीन जना बहुविवाह मुद्दाका कटारी नगरपालिका ४ का ३५ वर्षीय वुद्धविर दनुवार, वडानं ७ का २७ वर्षीय सगुन दनुवार र चौदण्डिगढी नगरपालिका–९ का ४० वर्षीया कुश्मदेवी चौधरी रहेका छन्।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend