मंगलबार, चैत्र २६ २०८१

मंगलबार, चैत्र २६ २०८१

महाशिवरात्रीमा पशुपति आएका साधुहरुको बिदाइ

महाशिवरात्रीमा पशुपति आएका साधुहरुको बिदाइ

काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ । सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई बढीमा २ सय रुपैयाँदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि शुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको बताए ।

उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मास्वरुप दक्षिण दिएर पठाएको बताए । उनले साधुहरुलाई दक्षिण उनिहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैँ सम्मान व्यवहार गर्नुपर्ने बताए । शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिण पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिण दिइ आज बिदाइ गरिएको बताए ।

साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु उपस्थित रहेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend