logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउँदै

    राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउँदै

    1.9K
    Shares
    राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउँदै

    काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन् । सोमवार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताएका हुन् ।

    उनले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताए । उनले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताए । उनले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गरे । उनले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताए । उनले लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताए । उनले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बढ्दै गएको बताए ।

    नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने,घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गरे । उनले लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम न लाग्ने बताए । उनले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन सबैलाई आग्रह गरे । नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताए । उनले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गरिने बताए । उनले पछिल्लो समय केही शेयरका खेलाडीहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको समेत आरोप लगाउनु भयो । उहाँले कोरोना माहामारी र तरलता अभावको कारण पनि लघुवित्तहरुमा समस्या आएको बताए ।

    उनले भने,‘लघुवित्तमा ३३ लाख ऋणीहरु रहेका छन् । उनीहरु प्रत्येकको फाइल हेर्न सक्दैन । त्यो लुघुवित्तहरुले हेर्ने हो । अब राष्ट्र बैंकले अब लघुवित्तको एउटैमा मात्रै समावेश हुने नभए एउटा वा ३ भन्दा बढी संस्थाहरुमा संगलन हुन नपाउने भनेर चाँडै निर्देशन जारी गर्ने प्रक्रियामा छौं । लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई एउटै किसिमको व्यवसायी व्यवहार गर्नुहोला । बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने,घरमा चुकुल लगाई दिने काम गर्न हुँदैन । तत्काल अन्त्य गर्नुपर्छ । लघु वित्तहरुले धेरै राम्रो काम गरेका छन् तर एउटा नराम्रो काम हुँदा एउटै समूहमा हाल्दा सबै काम ओझेलमा पर्छन् । सबै मिलेर समस्या समाधानको खोजि गर्नुपर्छ । लघु वित्तहरुले ३० वर्षसम्म गरेका योगदानलाई एउटा गल्तिमा बन्द गर्न सकिदैन । लघुवित्तहरुका गल्ति कमजोरीहरु छन् । त्यसलाई सच्याउन आवश्यक छ । लघुवित्त संस्थाहरु स्वशासित संस्थाहरु हुन् । कुनैपनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए हामीलाई जानकारी दिनुस् । हामी त्यसलाई तत्काल कारबाही गर्छौं । लघुवित्तका समस्या समाधान गरी परिमार्जन गर्दै जानुपर्छ बन्द गर्ने कुरा सोच्नु हुँदैन । त्यस्तो गर्दा नेपाल धेरै पछाडि पर्छ । पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुलाई करेक्शन गर्नुपर्छ । केही शेयरका खेलाडिहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेका छन् । यो विषयमा राष्ट्र बैंक सहमत छ । केही लघुवित्तहरुले घरघरमा गएर पैसा बाँड्ने काम गरेका छन् । यसमा कोरोना माहामारी र तरलता अभावको कारण पनि समस्या आएको छ ।’

    त्यस्तै माइक्रोफाइनान्स एशोसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताए । उनले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन भित्र लघुवित्तहरु बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताए । उनले लघुवित्तहरुले ग्रामिण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लागेको बताए ।

    उनले पछिल्लो समय लघुवित्तहरुमा देखिएको समस्याको विषयमा नजिकबाट हेरिरहेको बताए । उनले लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend