काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य पन्छाइरहेको नेपाल संकटमा परेको छ । जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले सातौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरको चौथो बलमा सातौं विकेट गुमाएको हो ।
नेपालका सोमपाल कामी २ रन बनाएर आउट भए । यसअघि दीपेन्द्र ऐरी ७ रन बनाएर आउट भएका थिए ।
नेपालको सातौं विकेट गुमेपछि अहिले सन्दीप लामिछाने ब्याटिङमा आएका छन् ।