बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

निर्वाचन आयोगले गर्यो राष्ट्रपति निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक

निर्वाचन आयोगले गर्यो राष्ट्रपति निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक

 

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।

४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।

राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend