logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाली काँग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हीतको दृष्टिले अनिवार्य : सांसद केसी

    नेपाली काँग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हीतको दृष्टिले अनिवार्य : सांसद केसी

    938
    Shares
    नेपाली काँग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हीतको दृष्टिले अनिवार्य : सांसद केसी

    काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली काँग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हीतको दृष्टिले अनिवार्य भएको बताए । उनले कांग्रेसको राष्ट्रपति भएमा सबैप्रकारका शक्तिहरुको संयोजन गर्न सक्ने बताए । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै उनले यस्तोे बताएका हुन् ।

    उनले भने – ‘राष्ट्रिय सहमतिको दृष्टिकोणले अहिले विकसित भएको अन्तर्राष्ट्रिय घटनाक्रम र नेपाल जो द्वन्द्वात्मक भू–भागको रुपमा विकसित भइरहेको छ । अहिलेको आर्थिक दुरावस्था र अहिले देखिएका आर्थिक विकृतिहरु, त्यसलाई सम्पूर्ण रुपबाट एउटा राष्ट्रिय सहमतिको आधारमा निर्णायक बिन्दुमा पु¥याउनको निम्ति पनि सभामुख एउटा दलको, प्रधानमन्त्री अर्को दलको भएको स्थितिमा नेपाली काँग्रेसको राष्ट्रपति हुँदा नै सबै शक्तिहरुलाई संयोजन गर्नसक्छ र नेपाली काँग्रेसको राष्ट्रपति बन्नु अहिलेको राष्ट्रिय हीतको दृष्टिकोणले पनि अनिवार्य हो भन्ने हाम्रो ठम्याइँ हो ।’

    उनले काँग्रेसको राष्ट्रपति हुने पर्याप्त वातावरण बनेको दाबी गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend