logo

२०८१ असार १६ आइतबार

logo
  • आइतबार, १६ असार २०८१
  • आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह

    आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह

    447
    Shares
    आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह

    काठमाडौं । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन व्यवस्थापनका काममा प्रभावकारीरूपमा सहजीकरण गर्न आग्रह गरेकी छन् ।

    निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गर्न मधेस प्रदेशको बारामा आज आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले मतदाता नामावली सङ्कलन एवं अद्यावधिक, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचनसम्बन्धी सूचना सहजरूपमा मतदाता एवं सरोकारवाला पक्षसँग पु¥याउन निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताइन् ।

    उनले भनिन् “मतदान केन्द्र तथा मतदानस्थललाई सुरक्षित, सहज, पहुँचयोग्य र लैङ्गिक एवं समावेशी तथा अपाङ्गतामैत्री बनाउनेलगायतका काममा निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । ”

    उनले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिले आयोग र जनताका बीचमा समन्वय र सहकार्य गरी सेतुका रूपमा काम गर्नुपर्ने जनाउँदै निर्वाचन तथा मतदाता शिक्षा आम नागरिकमा पु¥याउन आयोगको प्रतिनिधिका निर्वाचन सम्पर्क व्यक्तिले भूमिका निर्वाह गर्नुपर्छ भनिन् । मतदाता नामावली अद्यावधिक कार्यमा स्थानीय सरकारले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मृत्यु भइसकेका मतदाताको विवरण आयोगलाई उपलब्ध गराई मतदाता नामावली अद्यावधिक र शुद्ध बनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

    आयुक्त डा तुलाधरले आयोगले स्थानीय तहसँगको समन्वय र सहकार्य गरी मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम, निर्वाचन शिक्षा तथा मतदाता जागरण काम गरी सुसूचित मतदाता तयार गर्ने काम गर्दै निर्वाचनमा धेरैभन्दा धेरै मतदाताको सहभागिता गराउँदै बदर मत प्रतिशतलाई न्यूनीकरण गर्ने लक्ष्य लिइएको बताइन् । उक्त लक्ष्य प्राप्त गर्न आयोगले निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताइन् ।

    कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि विषयमा प्रस्तुतीकरण गरेका थिए भने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित बारा, पर्सा र रौतहट जिल्लाका ४८ स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति सहभागी थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend